२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

दुर्घटनाग्रस्त मोटरसाइकलसँगै युवक मृत फेला

२०७९ श्रावण ३१, मंगलबार प्रकाशित ( साल अघि) ८४४ पाठक संख्या

बुटवल — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–१२ नयाँगाउँको सडक छेउमा दुर्घटनाग्रस्त मोटरसाइकलसँगै एक युवा मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान मृत अवस्थामा फेला परेका युवा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्री लु ३६ प ४७४२ नम्बरको दुर्घटनाग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा भेटिएका हुन् ।
लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार खत्रीको शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखीएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस