२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

श्री अरविन्द आश्रमले कृष्ण जन्माष्टमी पारेर विशेष कार्यक्रम गर्दै

२०७९ श्रावण ३०, सोमबार प्रकाशित ( साल अघि) १७३४ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालीकामा यहि भाद्र ३ गते कृष्ण जन्माष्टमी विशेष कार्यक्रम मनाईने भएको छ ।

श्रीअरविन्द योग मन्दिर कोल्हुवा नवलपुर शाखाले महर्षि श्री अरबिन्दको १५० औँ वार्षिक जन्म जयन्ति र कृष्ण जन्माष्टमीको अवसर पारी सो कार्यक्रम आयोजना गरेको  हो ।

विभिन्न कार्यक्रमा शास्त्रीय नृत्य भरतनाट्य, शास्त्रीय नृत्य ओडिसी,नेपाली नृत्य,आध्यात्मिक प्रवचनहरु र सत्संगको प्रस्तुति रहने छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमंत्री कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न हुने साधिका दुर्गा भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम मध्यबिन्दु नगरपालीकाको सभाहलमा हुने हुदा कार्यक्रममा सहभागिताको लागि आयोजकले अनुरोध गरिएको छ । यो कार्यक्रम महर्षि श्री अरबिन्दको वार्षिक जन्म जयन्ति र कृष्ण जन्माष्टमीको अवसर पारी वर्षेनी गर्दै आइरहेको छ ।

२०५८ सालमा संस्थापक साधक स्वामी रामचन्द्र दासद्वारा कोल्हुवामा स्थापित गरिएको थियो । जसले श्री अरबिन्दो र आमाको दर्शनलाई बढावा दिन र जीवनलाई मानव जीवनको उत्तमसम्म पु¥याउन चाहान्छ ।

Received_648037776835780

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%६%१%

प्रतिक्रिया दिनुहोस