२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

२०७९ श्रावण ३०, सोमबार प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

नवलपुर , साउन महिनाको अन्तिम सोमबार आज  श्रद्धालु व्रत पूरा गरिँदै छन्  ।  भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ।

काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यसैगरी काठमाडौंकै गोकर्णेश्वर, कोटेश्वर ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर र सिन्धुलीको कुशेश्वर, लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो  । अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई भनिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ।

पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा संगै भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास  रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस