२०८३ आश्विन ४, आईतबार
नयाँ
पछिला अपडेट

त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक

२०७९ श्रावण २८, शनिबार प्रकाशित ( साल अघि) ७६६ पाठक संख्या

 इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका –५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाको थप जानकारी आउँन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस