२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

कावासोती  । नवलपुरको दाउन्नेमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्ने बजारमा पश्चिम जाँदै गरेको ना ८ ख २३८४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३८ वर्षका नर बहादुर सोमैको मृत्यु भएको हो ।

पैदलयात्री सोमैलाई विहान ८ बजे ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएकोमा उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा विहान ९ वजे ज्यान गएको प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए । ट्रक र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस