२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा प्रदर्शन महँगी, भ्रष्टाचारको विरोधमा

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

नारायण शर्मा

कावासोती — महँगी, भ्रष्टाचारलगायत अनियमितता रोक्नु पर्ने भन्दै नेकपा एमालेले कावासोतीमा बुधबार सरकारविरुद्ध प्रर्दशन गरेको छ । प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानर बोकेर कावासोती बजार परिक्रमा गरेका थिए । प्रदर्शन कोणसभा गरी समापन गरिएको थियो ।

कावासोतीको फलफूल चोकमा आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले सरकार भ्रष्टाचारमा डुबेर जनजीविकाका सवालमा नागरिकलाई बेवास्ता गरेको आरोप लगाए ।

अधिकारीले नागरिकता विधयेक ल्याएर सरकारले देश र जनविरोधी काम गरेको पनि बताएका थिए । यस्तै पछिल्लो समय महँगी र अनियमितता बढेकोमा सरकारले रोक्नुपर्ने उनको माग थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस