२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परामर्श सेवा

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) १०५१ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालीकाद्धारा जेष्ठ नागरीकलाई घरमानै स्वास्थ्य सेवा कार्यक्रम आज (बुधबार) बाट सुरु भएको छ ।

नगरका १५ वटै वडाहरुमा सो कार्यक्रम सुरु गरेको हो । ७० वर्ष पुगेका जेष्ठ नागरीकहरुलाई घरमानै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले  सो अभियानको थालनी गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भयो ।

IMG_9904 768x512 (1)

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था परिक्षण गर्ने प्रत्यक वडाको प्रत्यक घर घरमा महिनामा एक पट्क पुग्ने र स्वास्थ्य परिक्षण गराउने योजना रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो।

Received_549383860266111

सोहि अनुसार मध्यबिन्दु नगरपालिका वाड नम्बर २ मा पनि एक औपचारीक कार्यक्रम गर्दै ८३ वर्षिय तारा पाठकको घरबाट स्वास्थ्य परिक्षण गरि कार्यम्रमको शुभारम्भ भएको छ । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका पिएसि बुद्धि कुमारी वुडा मगर र नगरपालीकाको उपमेर पुर्णकला महतो ,वडा अध्यक्ष रामभक्त अधिकारी, नवलपुर स्वास्थ्य चौकीका प्रमुख रामानन्द महतो, सोहि स्वास्थ्य चौकिका सि अ हे काशीराम अर्यालको टोलीद्धारा आज पहिलो दिन घरमानै पुगि ज्येष्ठ नागरिक तारा पाठक र तुलसि चापागाईको स्वास्थ्य परिक्षण गराएका हुन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Received_743480740067532

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा स्वास्थ्यकर्मीले परामर्श सेवा दिदा नगरको स्वास्थ्य क्षेत्रको टेवा पुग्ने वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । यसरी नगरपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।

Received_427859232704522

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस