२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीका नासुद्वारा असमान तलबको विरोधमा पेनडाउन 

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) २७७ पाठक संख्या

नविन पौडेल

परासी — असमान तलबमानको विरोधमा पश्चिम नवलपरासीमा कार्यरत नायब सुब्बाहरुले बुधबार पेन डाउन गरेका छन् । मगंलबार विरोध स्वरुप जिल्लाभरीमा नासु विदामा बसेर विरोध जनाएका थिए । जसको कारण मंगलबार जिल्ला भरको सरकरी काम प्रभावित भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित बुधबार विहान १० बजे देखि ११ बजेसम्म पेन डाउन गरीएको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताए । आन्दोलनको कारण १ घण्टा जिल्ला प्रशासनको कामकाज रोकीएको थियो ।

सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् । सरकारले आफ्नो माग बारे सुनुवाई नगरेमा थप आन्दोलित हुने कर्मचारीहरुको चेतावनी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस