२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

४२ लाखले अवलोन गरे शाश्वतधाम

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ८२६ पाठक संख्या

विवेक भण्डारी

देबचुली । नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४२ लाखले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमा ४२ लाख भक्तजन शाश्वतधाममा पुगेका हुन् । सरकारले सन २०१८ मा वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समय शाश्वतधाम आउनेहरुको संख्या दिनहुँ बढ्दो छ । शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीहरुको मुख्य रोजाई यो थलो हुने गरको छ । धाममा ओमकार परिवार भित्र रहेका हिन्दु,बौद्ध र जयनका धर्मवालम्बीहरुले समेत एकै स्थानमा एकै पटक दर्शन गर्ने व्यवस्था शाश्वतधामले मिलाएको छ ।

पछिल्लो समय महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँड्नेहरु यहाँ प्रवेश गर्नु अनिवार्य जस्तै भएको छ । समय स्कूल, कलेजका विद्यार्थी, विभिन्न समूहमा यहा शाश्वतधाम पुग्ने गरेका छन् । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससंगै रहेको पार्क मुख्य आर्कषण रहेको छ । मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ । साँझ बिहान तलाउनमा पानीको फोहोर चलाउँदा मन्दिर पानीमा अडिएको भानहुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमीरे भन्छिन ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ । नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा विनोद चौधरीको ८० बिगाह क्षेत्रफलमा फैलिएको उद्योग ग्राम रहेको छ । त्यसको दक्षिणतर्फ महेन्द्रराजमार्गसंग जोडिएको ७ बिगाह क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यो धामको निर्माण अर्बपति विनोद चौधरीले गरेका हुन् । यो मन्दिर निमार्ण गर्न १४ वर्ष समय लागेको थियो । नेपालीकला, संस्कृति एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वतधाम निर्माण गरिएको चौधरीको भनाई छ । शाश्वतधाम मार्फत् आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष्य रहेको चौधरीको दाबी छ । शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ ।

के के छन त धाममा ।

वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ कक्षा ६, ७ ,८ र ९ कक्षा सम्म सस्कृत मुल विषय राखेर अध्ययन अध्यापन हुने गरेको छ ।

आयआर्जन तथा रोजगारको अवसर

शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ । धामको दक्षिण क्षेत्रमा एक सय बत्तिस होटल तथा नास्ताघरहरु संञ्चालनमा छन । उनिहरुले धाममा आउने पर्यटकहरुलाई लक्षित गरि व्यापार गर्न पाएका छन र आफ्नो दैनिकि सजिलै चलाउन सकेका छन । धामकै छेउमा चिया बेचेर मासिक तिस हजार सम्म आम्दानी गरेको देवचुली नगरपालिका वडा नम्बर चारकी माया विक बताउछिन । ‘चिया राम्रो बिक्रि हुन्छ । धाममा यूवा देखि बृद्धहरु सम्म आउने गर्छन, चिया नै खोज्छन ।’ मायाले बताइन । माया मात्र होइन उनि जस्ता धेरैले धाममा आउने पर्यटकहरु लाक्षित गरि राम्रो व्यवशाय गरेका छन । शाश्वतधाम स्थापना पछि अहिले सो क्षेत्रलाई धामले नै पहिचान दिएको छ । देवचुली नगरपालिको पर्यटकीय क्षेत्रको मुख्य पहिचान नै शाश्वतधाम बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस