२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनको राप्तिमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु

२०७९ श्रावण २३, सोमबार प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

चितवन । चितवनको राप्ती नगरपालिका ४ सिंहचोकमामा हिंडिरहेको अवस्था एक्कासी लडेर बेहोस् भएका एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ४५ वर्षीय पिचक विक रहेका छन् ।

सोमबार बिहान ७ बजे हिंडिरहेको अवस्थामा एक्कासी लडेर उनी बेहोस् भएका थिए । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो ।

उपचारको क्रममा उनको आजै बिहान ८:०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शरीरमा कुनै पनि किसिमको बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । उनमा छारे रोगको समस्या रहेको भन्ने बुझिएको समेत प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस