२०७९ आश्विन १९, बुधबार
नयाँ
पछिला अपडेट

पर्वतमा करेन्ट लागेर १ को मृत्यु, १३ जना घाइते

२०७९ श्रावण २३, सोमबार प्रकाशित ( महिना अघि) १९४ पाठक संख्या

पबित्रा खत्री, पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सोमबार बिहान बढी क्षमता करेन्ट प्रवाह भएपछि विद्युत् बन्द गर्ने क्रममा अन्दाजी ५० वर्षीया सीता के।सी।को मृत्यु भएको हो। घाइतेलाई उपचारको लागि अस्पतालतर्फ लैजाँदै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी अन्य १३ जना घाइते भएका छन्। उनीहरू ४० वर्षीय बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनिता आचार्य, ५२ वर्षीय जय प्रसाद शर्मा, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य, ६३ वर्षीय जगन गिरी र २१ वर्षीया सरिता क्षेत्री रहेका छन्।

उनीहरूको हात, खुट्टा, गर्धन लगायतका शरीरका विभिन्न भागमा डढ्नुको साथै अन्य चोटपटक पनि लागेको छ। उनीहरूमध्ये केही गाउँमै रहेको कोही उपचारको लागि बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ।

करेन्टकै कारण विभिन्न घरमा पालिएका चौपायाहरू पनि मरेका छन् भने धेरै घरमा जडान गरिएका विद्युतीय मिटर तथा वायरिङहरू जलेका छन्।

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले करेन्टको उच्च बहावका कारण घटना भएको बताउँदै पर्वत वितरण केन्द्रबाट दुई ओटा टोली गाउँमा पुगेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस