२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिल्लाका राष्ट्रिय खेलाडी एवं रिटर्नी उद्यमी लगायत पत्रकारलाई समान्न

२०७९ श्रावण २३, सोमबार प्रकाशित ( साल अघि) ११५१ पाठक संख्या

चोरमारा । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी एवं रिटर्नी उद्यमी र पत्रकारलाई समान्न तथा अन्तरक्रिया कार्यक्रम मध्यविन्दु नगरपालिकामा सोमबार सम्पन्न भएको छ । नेपाल सरकार युबा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युबा परिषदद्वारा सप्ताह ब्यापी अन्तर्राष्ट्रिय युबा दिवस मनाउने क्रममा रिटर्नी माईग्रेन्ट नेपालको स्थापना दिवसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर जिल्ला समितिका अध्यक्ष भिम बहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले हाम्रो मुलुकको राजनीती सहि तवरबाट नचलदा सोचे जस्तो विकास हुन नसकेको बताउनु भयो । राजनीती सहि तवरबाट अगी बढ्दैन भने बोल्दैमा मात्र देशको विकास सम्भव नहुने कुरामा जोड दिनुभयो ।

Received_2106251199561808

त्यस्तै उँहाले देशको विकास नभए संम्म युवा पुस्ता वेरोजगार हुने , विदेशीने बाध्यता आउने जस्ता यी यावद कुराहरु मन्न् गर्दे , सधै आसाबादी बन्दै हामी सबै मिलेर अव विकासको आधार खोजर्नु पर्ने समय आएको बताउनु भयो ।

कर्यक्रममा  नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी एवं रिटर्नी उद्यमी र पत्रकारहरु गरि १५ जनालाई सम्मान गरेको थियो । खेलकुद तर्फबाट एथलेक्टिस दौडबाट यमुना थापा, फुटवल खेलबाट कविटा विक ,कपर्दी खेलबाट नविना राना, क्रिकेटबाट अपरिचित पौडेल, व्याडमिन्टनबाट अमर क्षेत्री र उत्कृष्ट भलिबर खेलाडी राहुल गुरौ सेपाकताको वल्ड च्याम्पियनसिप विजय महतो गरी खेलकुद तर्फबाट ७ जना सम्मानीत भएका हुन् ।

Received_363386235991183

पशुपन्छी पालक तर्फबाट मध्यबिन्दु नगरपालिका वार्ड नंबर ९ का खेमन सिंह सारु मगर र मध्यविन्दु – १२ का महेन्द्र रोकाहा हुन भने उघमी व्यवसायीबाट कावासोती ८ का सरद कुमार खत्री र कावासोती १५ का डिल्लीराम चौधरी, कावासोती १७ का कमल पोडेल र गैडाकोटबाट बिष्णु केसि गरी ६ जनालाई उत्कृष्ट उघमी र कृषहरु तर्फबाट सम्मानीत भएका थिए । भने नेपाल पत्रकार महासघको सहसचिव एव नेपाल टेलिभिजन नवलपुरको सम्बाददाता धनु भुसाल , आदिवासी जनजाति पत्रकार पत्रकार महासंघ  जिल्ला नवलपुर ( फोनिस ) अध्यक्ष एवं बुद्ध दर्शन टेलिभिजन समाचार बाचक चन्द्रा गुरुङलाई सम्मान गरिएको थियो ।

FB_IMG_1659969381688

त्यस्तै कार्यक्रमको विशेष अतिथीका रुपमा नगर उपप्रमुख पुर्ण कला चौधरी र राष्ट्रिय युवा परिषद नवलपुर जिल्ला अध्यक्ष टिका भुर्जेल रहनु भएको थियो भने अतिथीहरुमा  रिटर्नी माईग्रेन्ट नेपालका गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनेत, रिटर्नी माईग्रेन्ट नेपालको केन्द्रिय सदस्थ ओमनारायण थनेत, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुन, नवलपुर जिल्ला फुटवल सघका वरिष्ट उपाध्यक्ष मेघराज पाण्डे लगाएत विभिन्न संघसस्थाका प्रतिनी तथा खेलाडीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

FB_IMG_1659969383898

सो कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद, रिटर्नी माइग्रेन नेपाल शाखा कार्यालय कावासोतीको आयोजना र मध्यविन्दु नगरपालिका ,जागृती बाल तथा युवा सरोकार नेपाल, रिटर्नी कृषि पशुपालन कम्पनी कावासोती संगै जिल्ला खेलकुद विकास समिति नवलपुर गण्डगी प्रदेशको समन्वय तथा सहकार्य भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस