२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बिषालु च्याउ खादा ५ जना बिरामी

२०७९ श्रावण २३, सोमबार प्रकाशित ( साल अघि) ७७५ पाठक संख्या

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउपालिका ५ बाह्रबिसे मा जंगली च्याउ खादा ५ जना बिरामी परेका छन्  ।  बिरामी पर्नेमा   विनयी त्रिवेणी ५ बस्ने बर्ष २८ को तुल बहादुर ठाडा , निज कै श्रिमती बर्ष २० कि दिलमाया ठाडा र  निजको छोरा बर्ष २ को बिश्वराज ठाडा रहेका छन्  । यस्तै सोही ठाउ बस्ने बर्ष ३४ कि नर माया ठाडा र वर्ष  २८ कि कला लम्काहा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभएको  छ । उनिहरुले आफ्नै स्थानमा रहेको जङ्गलबाट  आइतबार ( हिजो ) साझ च्याउ ल्याएर खाएका  थिए  । बिरामी सबैको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा  उपचार भैरहेको छ । आज बिहान १ बजे उनिहरुलाइ आफन्तले उपचारका लागि लगेका हुन । सबैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस