२०८३ भाद्र २७, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी एवं रिटर्नी उद्यमीहरुलाई समान्न तथा अन्तरक्रिया कार्यक्रम मध्यविन्दुमा हुदै

२०७९ श्रावण २२, आईतबार प्रकाशित ( साल अघि) ७८४ पाठक संख्या

चोरमारा

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी यवम रिटर्नी उद्यमीहरुलाई समान्न तथा अन्तरक्रिया कार्यक्रम मध्यविन्दु नगरपालिकामा हुने भएको छ ।
नेपाल सरकार युबा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युबा परिषद द्वारा सप्ताह ब्यापी अन्तर्राष्ट्रिय युबा दिवस मनाउने क्रममा रिटर्नी माईग्रेन्ट नेपाल को स्थापना दिवस पारि भोली (सोमबार) सो कार्यक्रम तय भएको हो ।
जहाँ प्रमुख अतिथीका रूपमा नगर प्रमुख भिमलाल अधिकारी रहनुहुने आयोजकले बताएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद, रिटर्नी माइग्रेन नेपाल शाखा कार्यालय कावासोतीको आयोजना र मध्यविन्दु नगरपालिका ,रिटर्नी कृषि पशुपालन कम्पनी लि. कावासोती संगै जिल्ला खेलकुद विकास समिति नवलपुर गण्डगी प्रदेश को समन्वय तथा सहकार्य रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस