२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणीका कुटपिट सम्बन्धी कसुरमा फरार ३ जना पक्राउ

२०७९ श्रावण ११, बुधबार प्रकाशित ( साल अघि) ६४१ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाबाट कुटपिट मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपुर जिल्ला अदालतको कुटपिट सम्बन्धी मुद्दामा हाल सम्म फरार रहेका विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ बस्ने वर्ष ४२ का हरि बहादुर थापा, सोही ठाउँ बस्ने वर्ष ५१ की निर्मला पौडेल र बर्ष ७२ का धन बहादुर तामाङ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गरिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस