२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा बस पल्टिँदा आगोलागी , २१ जना घाइते

२०७९ श्रावण ११, बुधबार प्रकाशित ( साल अघि) ६९१ पाठक संख्या

कावासोती –  नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना भएको छ ।

आज बिहान साढे ५ बजेको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा कम्तिमा २१ जना घाइते भएका छन् ।

गाडी पल्टिँदा भएकाे घर्षणपछि गाडीमा आगाे लागेकाे अनुमान प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा ३५ जना सवार भएको भनिए पनि यकीन तथ्यांक आई सकेको छैन ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस