२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

प्राङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युटुबर कावासोतीबाट पक्राउ      

२०७९ श्रावण १०, मंगलबार प्रकाशित ( साल अघि) १२२७ पाठक संख्या

कावासोती । प्राङ्कको नाममा महिलालाइ अभद्र व्यवहार गर्ने युटुबर पक्राउ परेका छन ।

प्राङ्क भिडियो बनाउने भन्दै बदमास केटा नामक युट्युबरले बाटोमा हिंडिरहेकी महिलालाइ गहना , मोबाइल र पैसा नदिए एसिड हान्छु भन्ने नवलपुरको हुप्सेकोट गाउँपालिका वाड नम्बर ३ बस्ने २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताउनु भएको छ ।

रायका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%१३%३%१%१%१%

प्रतिक्रिया दिनुहोस