२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

समाजसेवी श्रीधर शर्माद्वारा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र

२०७९ श्रावण १०, मंगलबार प्रकाशित ( साल अघि) ८३१ पाठक संख्या

चोरमारा । नेपाली काँग्रेसका नेता एबम् समाजसेवी श्रीधर शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विभिन्न ८ वटा मागहरु राख्दै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर शर्माले नवलपुर जिल्ला संग जोडिएका विभिन्न समस्याहरुका बारेमा ध्यानाकर्षण गराउनु भएको हो । शर्माले दुम्किबास त्रिबेणी सडक  हुलाकी सडक लगायत चितवन राष्ट्रिय निकुन्ज  संग जोडिएका विभिन्न बिषयमा ध्यानाकर्षण गराउनु भएको हो ।

गण्डकी प्रदेश सरकारकोे त्रिवेणी कोरल सडकमार्ग नेपाल हुँदै छिमेकी राष्ट्रहरु भारत र चीन जोड़ने मार्ग हो । सो मार्ग निर्माणका लागी सारकारवाट बजेट विनियोजीत भई काम हुदाहुदै पनि चितवन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रका कारण सडक निर्माण कार्यमा अवरोध आएको थियो ।  निकुन्ज अन्तरगतको झण्डै २२ किलोमिटर क्षेत्रमा सडक बनाउनु पर्ने हुदा निकुन्जले  सडक बनाउन रोक लगाएपिछ शर्माले यसको विकल्प स्वरुपको सुझाप सहित ज्ञापनपत्र  पेश गरेको शर्माको भनाई छ ।

यस्तै विभिन्न ८ सुझावहरु संगै नारायणी नदी कटान जग्गाको क्षतिपूर्ति , सीमात्कृत बोटे, माझी, मुसहरका लागि बजेटमै आरक्षण , उद्योग , कृषि तथा पशुफर्म  स्थापनामा कठिनाई , घरायसी प्रयोजनमा ढुंगा , गिट्टी , बालुवाको प्रयोगमा कठिनाई , पर्यटन तथा जलयात्रा गतिविधि र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका  विषयलाई समेट्दै शर्माले पत्र पेश गरेको बताउनु भयो ।

विभिन्न मागका समस्या,समाधानका उपाय सहित कानूनी सुझावलाई सममेत  उल्लेख गरिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उक्त विषय प्रति आफ्नो चासो देखाएको समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनु बताउनु भयो ।

त्यस्तै ज्ञापनपत्रमा कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएको श्रीधर शर्माले प्रधानमन्त्री देउवालाई खानेपानीको आपूर्तिका लागि थप बजेट तथा योजना उपलब्ध गराउन समेत आग्रह गर्नुभएको छ  ।

IMG_20220726_142652

हल करिव १५ सय धारा वितरणभएको  जानकारी गराउदै भविश्यमा २ हजार धारा पुर्याउने लक्ष सहित अगाडि बढेको संस्थालाई सुरुबादि अवस्था देखीनै न्युन बजेट विनीयोजी भएको बताउदै अव थप ८० लाख थप बजेट माग गर्नुभयो । संस्थाबाट सफा ,  शुद्ध तथा निरन्तर खानेपानीको आपूर्तिका लागि संस्थालाई अव करिव ३ करोड आवश्यक पर्ने बताउदै थप सहयोग गर्न समेत आग्रह गरेको अध्यक्ष शर्माको भनाईछ ।

IMG_20220726_150608

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%२%

प्रतिक्रिया दिनुहोस