२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

प्रेस युनियन चुनाव :संस्थापन पक्षले अध्यक्षमा विन्दुलाई उम्मेदवार बनाउने

२०७९ श्रावण ३, मंगलबार प्रकाशित ( साल अघि) ८०५ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाउने भएको छ।

युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षमा अघि बढ्न कार्यदलले सुझाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले पनि अनितालाई बधाई दिएका छन्।

नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता हाल नेपाल टेलिभिजनमा कार्यरत छिन्। यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस