२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा सिटिजन्स बैंकले साउन २ गतेदेखी सामाजिक सुरक्षाभत्ता वितरण गदै

२०७९ अषाढ ३१, शुक्रबार प्रकाशित ( साल अघि) ७५६ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा साउन २ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को चौथो त्रैमासिक मासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

सिटिजन्स बैङ्कको कार्यालय कोल्हुवाबाट साउन २ गतेदेखि साउन १३ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।

बैंकले साउन २,३,४ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ । जसमध्ये नन्दपुर र सेहेरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्कले जनाएको छ । त्यस्तै राधाकृष्ण टोलमा पनि शिविर सञ्चालन गरिने छ ।

साउन २ गते :-  नन्दपुर र सेहेरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुने

साउन ३ गते :-  राधाकृष्ण टोलमा पनि शिविर सञ्चालन हुने
साउन ४ गते :- कोल्हुवा र चनौली टोल

त्यस्तै साउन ५ ,६ र ७ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
साउन ५ गते :-  सेतापानीमा भुक्तानी शिविर सञ्चालन हुने
साउन ६ गते :- पतवारी
साउन ८ गते :- गुणचरी, अभियोन
पतवारी, गुणचरी, अभियोनका लाभग्राहीहरुलाई भने बैङ्कबाट नै भुक्तानी हुने  सिटिजन्स बैङ्कले जनाएको छ ।

त्यस्तै साउन ९ ,१० गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का लाभग्राहीहरुलाई  बैंक बाटै भक्ता उपलब्ध गराईने जनाईएको छ ।
साउन ९ गते :- ईटौरा र लेढा
साउन १० गते :-  रतनपुर ब्रह्मस्थान

त्यस्तै साउन ११,१२,१३ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का लाभग्राहीहरुलाई बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको हो ।
साउन ११ गते :- घुम्पुरा
साउन १२ गते :- पनौती
साउन १२ गते :- मदनपुरको बुद्धचोकमा भुक्तानी शिविर सञ्चालन हुने ।

त्यसैगरी बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।                                                 हेर्नुहोस् सूचना !!

Screenshot_20220715 065308_Samsung Notes

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस