२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पत्रकारहरुसँग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ अषाढ २७, सोमबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

कावासोती । नवलपुरका पत्रकारहरुसँग स्वास्थ्य सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ । मंगलबार स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नवलपुर जिल्लाको समग्र स्वास्थ्य अवस्था बारे जानकारी गराइएको थियो । कार्यक्रममा नवलपुर जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीले जिल्लामा टि।भि रोगको अवस्था र खानेपानीको विषयमा जानकारी गराउनुभएको थियो ।

Received_794390118230540

उहाँले जिल्लामा औषधि प्रतिरोधात्मक टिबि बिरामीहरुको विवरण पेश गर्नुभएको थियो । जसमा आर्थिक बर्ष २०७८÷०७९ मा नवलपुर जिल्लाका ८ वटै पालिकामा टिविबाट दुईजनाको मृत्यु भएको जानकारी गराउनुभएको थियो ।

यसैगरि जिल्ला स्वास्थ्य कार्यालयका रिसोर्स पर्सन सुस्मिता नेपालीले नवलपुर जिल्लामा गत बैशाख देखि असारसम्म कोभिडको अवस्था बारे जानकारी दिनुभएको थियो । यस्तै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कोभिड फोकल पर्सन खरेल प्रसाद चौधरीले जिल्ला र प्रदेशमा नियमित खोप तथा कोभिडको अवस्थाको विषयमा बताउनुभएको थियो । उहाँले जिल्लामा कोरोना विरुद्धको खोप पहिलो र दोस्रो चरणको लगाउदाको तुलनामा बुस्ट्रडोज विरुद्धको खोप लगाउनेको संख्यामा कमी आएको सम्मेत बताउनु भयो ।

Received_5581355201928434

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जिल्लाको समग्र स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै मौसम अनुसारका विभिन्न प्रकोप अन्य वर्षहरुको तुलनामा यस वर्ष कम भएको बताउनु भयो ।  कार्यक्रममा क्षयरोग, टिवि, विभिन्न किसिमका खोपहरु, कोभिड, डेङ्गु लगाएत स्वास्थ्यसंग सम्बन्धित विषयहरुमा जानकारी गराइएको थियो । महिला पत्रकारका तर्फबाट बोल्दै धनु भुसालले यसरी बेला बेला अन्तरक्रिया कार्यक्रम गर्दा पत्रकारहरुले सहि सूचना सम्प्रेष्ण गर्न सहज हुने बताउनुभएको थियो । पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस