२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

२०७९ अषाढ १८, शनिबार प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

दाङ । दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । बुटवल लगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी रहेका छन् ।

उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस