२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २५ प्रतिशत धान रोपाई

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) १२०५ पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा असारको १५ सम्ममा २५ प्रतिशत धान रोपाइ भएको छ । कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले मौसमले साथ दिएकाले यसबर्ष समयमै धान रोपाइ सुरु भएको बताउनुभयो ।

Krisi Gyan Kendra

असार मसान्तसम्म ८० प्रतिशत रोपाइ सकिने अनुमान कृषि ज्ञान केन्द्रको छ । रसायनिक मलको अभावका कारण किसानलाई समस्या परेको भएपनि मौसमले साथ दिएकाले धान रोपाइमा खासै समस्या नभएको सुचना अधिकारी पौडेलले बताउनुभयो ।

नवलपुर जिल्लामा यसबर्ष १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइ हँदैछ । अहिल्लो वर्ष जिल्लामा ७५ हजार ८ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यसबर्ष पनि सोहीको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस