२०८३ श्रावण ३, आईतबार
नयाँ
पछिला अपडेट

एक पुरुषले नारायणी पुलबाट हाम फाले, खोजीकार्य जारी

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) १२८३ पाठक संख्या

गैंडाकोट । नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्।

नवलपुरको गैंडाकोटबाट नारयणगढतर्फ आउँदै गरेका अन्दाजी ५५ बर्षीय पुरुषले हाम फालेका हुन्। आज बिहान करिब ९ः३० बजेको समयमा उनले हाम फालेको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख प्रशान्त श्रेष्ठले जनाकारी दिए ।

प्रहरीका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन्।

उनले पुलमाथि लगाउने कोट र चप्पल भेटिएको छ  तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। उद्धारकार्य जारी भएपनि फेला परेका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस