२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गर्दा गम्भिर घाइते

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) ७३८ पाठक संख्या

नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।

बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् ।

घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।

बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा लगिएको छ ।

भतिजमाथी बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस