२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर

२०७९ अषाढ ९, बिहिबार प्रकाशित ( साल अघि) १२३० पाठक संख्या

काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस