२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

पूर्व पश्चिम राजमार्गमा खाल्डाखुल्डी

२०७९ अषाढ ५, आईतबार प्रकाशित ( साल अघि) १०८९ पाठक संख्या

मिना कंडेल

पूर्व पश्चिम राजमार्गमा क्षेत्रमा परेका खाल्टाखुल्टी मर्मत सम्भार नहुँदा यात्रा जोखिम पूर्ण बन्दै गएको छ । विगत लामो समयदेखि पूर्व पश्चिम राजमार्ग क्षेत्रमा परेका ठुल्ठुला खाल्टाखुुुल्टीमा पानी जम्न थालेको छ । घाम लागेको दिन धूलो उड्ने र पानी पर्दा खाल्डामा पानी जम्ने र हिलोको समस्या रहेको छ । सम्बन्धित निकायले ध्यान नदिँदा चालक तथा यात्रु र सडकनजिकको बस्तीलाई पनि समस्या पर्ने गरेको छ । सो राजमार्गअन्तर्गत बुटवल–नारायणगढखण्डमा खाल्डा परेसँगै दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको कावासोतीका स्थानीय सागर क्षेत्रीले बताउनुभयो । राजमार्गको मुख्य बजार क्षेत्रमा पनि कालोपत्रे उप्किएर ठुल्ठूला खाल्डा बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खाल्टाखुल्टीले दुर्घटना बढाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन मुख्य राजमार्गको खाल्डा समयमै पुरिनुपर्ने र उप्किएको सडक कालोपत्रे गर्दा राम्रो यात्रा सहज हुने बताउनुहुन्छ । यहाँको देवचुली, कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, सुनवल बजारलगायत सयभन्दा बढी स्थानमा ठुल्ठूला खाल्टा रहेको उहाँ बताउनुहुन्छ ।

राजमार्गमा खाल्डाले गर्दा सर्वसाधारणलाई हिँड्न र बाटो काट्नसमेत समस्या परेको स्थानीय गौरीशङ्कर न्यौपाने बताउनुहुन्छ । यस समस्या समाधान गर्न सम्बन्धित निकायहरू मौन बसेको आरोप उहाँको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे बुटवल नारायणगढ सडकखण्ड थप निर्माण कार्यसँगै सडक डिभिजन कार्यालयले यसप्रति ध्यान दिनुपर्ने बताउनुहुन्छ । खाल्टाखुल्टीले आवतजावतमा समस्या परेकाले विकल्पका रूपमा अन्य सकडमार्ग नभएकाले बुटवल नारायणगढ सडकखण्ड निर्माणकार्यलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस