२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवा खेलिरहेका ८ जना पार्टी प्यालेसबाट पक्राउ

२०७९ अषाढ ५, आईतबार प्रकाशित ( साल अघि) ७५९ पाठक संख्या

कावासोती । नवलपुरमा  जुवाको खालबाट ८ जना पक्राउ परेका छन् । हिजो शनिबार दिउसो  ३ः४५ बजेको समयमा जुवातास खेली रहेको अवस्थामा विनयी त्रिवेणी १ जैकुटीमा रहेको रिभर साईट पार्टी प्यालेसबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ

जुवाको खालबाट पक्राउ पर्नेमा विनयी त्रिवेणी १ बस्ने वर्ष ४८ को विन्दु कुमार श्रेष्ठ, ३२ वर्षका भिम कुवर, ३७ वर्षका हरि तामाङ, ४९ वर्षका ओम प्रकास देबकोटा, ३५ वर्षका नारायण बस्याल, ३४ वर्षका महेन्द्र गोदार, ५८ वर्षका कृष्ण सुबेदी र विनयी त्रिवेणी २ बस्ने ५३ वर्षका गोपाल न्यौपाने रहेको छन् ।

प्रहरीले उनिहरुको साथबाट नगद १ लाख ५ हजार ८ सय ५० रुपैया र ३ बुक तास समेत बरामत गरेको छ । उनिहरुलाई जुवा मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोस पाठकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस