२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा महतो चयन

२०७९ अषाढ ५, आईतबार प्रकाशित ( साल अघि) १०१३ पाठक संख्या

 राजु चापागाई

नवलपुर । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो ।

आईतबार कावासोतीमा भएको अधिवेशनबाट उपाध्यक्षमा रमेश तिवारी, जामुन महतो, चन्द्रबहादुर थापा,सचिवमा धिरेन्द्र प्रताप गाहा, सह सचिवमा प्रदीपकुमार मोग्मी कोषाध्यक्षमा यमकुमारी पुन ,सदस्यहरुमा मोहन सिं थापा,कोपिला थापा,सन्तबहादुर पुलामी,लालमणी थारु,तमबहादुर राना,अमृत कार्की सर्वसम्मत चयन भएका हुन् । बाँकी २ सदस्य कार्यसमितिले मनोनीत गर्ने जिल्ला भलिबल संघ नवलपुरले जनाएको छ । त्यस्तै अधिवेशनबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा बलबहादुर राना र गजेन्द्र वन सन्यासी र केन्दिय अधिवेशन प्रतिनिधि तिलबहादुर खण्डलुक मगर चयन भएका छन् ।

जिल्ला भलिबल संघ नवलपुरका निवर्तमान अध्यक्ष तिलबहादुर खण्डलुक मगरको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रिय भलिबल संघका सदस्य श्रीधर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समितिका सदस्य जीवन श्रेष्ठ , यमकुमारी पुन ,जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिष्णुलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस