२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

२०७९ अषाढ २, बिहिबार प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

पोखरा – गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालूतर्फ ३७ र पुँजीगततर्फ ६२ प्रतिशत बजेट छुट्याइएको छ ।

१२ मन्त्रालय रहेको यहाँ सबैभन्दा बढी बजेट भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले पाएको छ । एउटै मन्त्रालयलाई १३ अर्ब पाँच करोड बजेट व्यवस्था गरिएको छ । सबैभन्दा कम कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयलाई १६ करोड ८२ लाख बजेट दिइएको छ ।

 

भौतिकबाट टुक्रिएर बनेको ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयलाई पाँच अर्ब ११ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई अर्ब ७२ करोड, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयलाई दुई अर्ब ७१ करोड विनियोजन गरिएको छ । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई दुई अर्ब ५३ करोड, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई एक अर्ब १२ करोड बजेट छ ।

युवा तथा खेलकुदलाई ३६ करोड ९ लाख, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयलाई ९५ करोड ३३ लाख, आन्तरिक मामिला मन्त्रालय २२ करोड ७३ लाख, पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई ६२ करोड २३ लाख, अर्थ मन्त्रालयलाई २१ करोड २५ लाख छुट्याइएको अर्थमन्त्री बरालले बताए ।

यस्तै, परेको बेला खर्च गर्न मिल्ने गरी अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड राखिएको छ भने स्थानीय तहलाई एक अर्ब ९३ करोड छुट्याइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस