२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा आफैँले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) ९५५ पाठक संख्या

कावासोती । नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १७ निवासी ५५ वर्षीया शान्तिनाथ महता रहेका छन् ।

 

कावासोती १७ गोछडाटार निवासी खुसीराम थनेतको खेतबाट मकैको ढोड लोड गरी फर्कने क्रममा ना ७ त ३७७५ ट्याक्टर फस्न गई अचानक ढाला पल्टिएर चालकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी गम्भीर घाइते चालकको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस