२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा विकू बचत तथा ऋण सहकारी सेवा केन्द्रको उद्घाटन

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित ( साल अघि) १२२० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका ३ चौराहाचोक, कोल्हुवामा विकू बचत तथा ऋण सहकारी संस्थाको अर्को सेवा केन्द्र थपिएको छ । शुक्रबार एक समारोहबीच मध्यविन्दु ३ का वडाध्यक्ष मानबहादुर महतोले कोल्हुवा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

सेवा केन्द्र उद्घाटनसँगै एकीकृत सेवा सुरु भएको छ । उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि महतोले २०४८ सालदेखि आजसम्म निरन्तर सेवा बिस्तार गर्नु चानचुने काम नभएको बताउनुभयो । विकूले जनताको मन, मस्तिष्कमा रहेर अझ राम्रो काम गर्न सकोस् भनी उहाँले शुभकामना दिनुभयो । उहाँले वडाको तर्फबाट गर्न सक्ने सहयोग र सहकार्यका लागि आफू तयार रहेको बताउनुभयो ।

सेवा केन्द्र उद्घाटन समारोह विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष सापकोटाले सदस्यलाई खुसी बनाएर, उनीहरुलाई लाभान्वित बनाएर आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकासित मिलेर काम गर्न विकू सधैँ तयार रहेको समेत बताउनुभयो ।

विकू बचत तथा ऋण सहकारीको गैंडाकोट नगरपालिका ८, विजयनगरमा केन्द्रीय कार्यालय छ । नवलपुरमा विकूका कोल्हुवासहित २० वटा र छिमेकी जिल्ला चितवनमा ३ वटा सेवा केन्द्रहरु छन् । केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट विकूले एटीएम, एसएमएस, स्मार्ट बैंकिङ र क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस