२०८२ अषाढ २३, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुर रक्त सञ्चार सेवाका लागि भ्यान हस्तान्तरण 

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित ( साल अघि) १७४३ पाठक संख्या

कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाद्धारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ ।

नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो । आज नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बेदप्रसाद न्यौपानेको अध्यक्षता , कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नगर प्रमुख र नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यानको साँचो सभापति न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो ।

९० लाखको लागतको भ्यान रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।रक्तसञ्चार केन्द्रका लागि गाडी प्राप्त भएसँगै रक्तदान कार्यक्रममा प्राविधिक सहितको टोली पठाउन, संकलन भएका रगत ओसारपसार गर्न , आकस्मिक रुपमा भरतपुर लगायतका ठाउँमा रगतको आवश्यकता भएको रगत पठाउन सहजता हुने उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताउनुभयो ।

यस अघि एम्बुलेन्सको प्रयोग गरि रक्तदान कार्यक्रममा प्राविधिक पठाउने र अन्य कार्य गर्दै आएकोमा अब आफ्नै सवारी हुँदा सहजता हुने सभापति न्यौपानेले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस