२०८३ श्रावण २५, सोमबार
नयाँ
पछिला अपडेट

आइतबारदेखि बेपत्ता तारा एअरको विमान खोजिँदै

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ११८६ पाठक संख्या

काठमाडौं– आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी थालिने भएको छ।

 

मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार फेरि खोजी सुरु गरिने नेपाली सेनाले जनाएको छ।

 

सोमबार स्थल र हवाइमार्गबाट खोजी सुरु गरिने सेनाले जनाएको छ। पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।

यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना रहेको पाइएको छ। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस