२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) १०७३ पाठक संख्या

कावासोती । मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी १४ हजार ५ सय ६४ मत पाएकी हुन् ।

मध्यबिन्दुमा एमालेले १० वटा वडा र कांग्रेसले ५ वटा वडामा विजय प्राप्त गरेका छन् । मध्यबिन्दुमा यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा बहुमतसहित नेपाली कांग्रेस विजयी भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%१%

प्रतिक्रिया दिनुहोस