२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुली ८ मा एमाले र १० मा गठबन्धनको प्यानल नै विजयी

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) १४२१ पाठक संख्या

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं ८ मा एमालेको प्यानल नै विजयी भएको छ भने , वडा नं. १० मा नेपाली काङग्रेस सहितको गठबन्धन विजयी भएको छ ।

वडा नं ८ मा नेकपा एमालेको तर्फबाट उम्मेद्धारी नुन प्रसाद बाचे प्यानल सहित विजयी हुनुभएके हो । उहाँले आफना निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेस गठबन्धनका लालबहादुर सारुलाई पराजित गर्नुभयो ।
यसैगरि महिला वडा सदस्यमा नेकपा एमालेतर्फबाट खेममाया बाह्रघरे, दलित महिला सदस्यमा रुपा वि.क, खुल्ला वडा सदस्यतर्फ खड्कजित अस्लामि र हरिकला बराल प्यानल सहित विजयी भएका छन् ।

यस्तै वडा नं १० मा अध्यक्षमा गठबन्धनका उम्मेद्धार रेप्तीकुमार घर्ती मगर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेबाट उम्मेद्धार रुक्मागत भुसाललाई पराजित गर्नुभयो ।

यसैगरि महिला वडा सदस्यमा विष्णुमाया पंगेनी, दलित महिला सदस्यमा रिता सुनार, खुल्ला वडा सदस्यतर्फ लेकनाथ भुसाल जैसी र मोहन थापा मगर प्यानल सहित विजयी हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस