२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमाले विजयी 

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) १७०६ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

वडा नम्बर ३ को मत गणनामा एमालेका  मान बहादुर महतो वडाध्यक्ष उम्मेदवार ९३१ मत ल्याएर विजयी भएका हुन् ।

योसँगै एमालेले मध्यविन्दुमा तेस्रो नम्बरमा विजयीको खाता खोलेको छ ।

महतोका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमर महतोले ७७४ मत पाएका छन् । मध्यविन्दु वडा नम्बर ३ मा जम्मा १८२५ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%९%३%१%

प्रतिक्रिया दिनुहोस