२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

बौंदीकालीको ३ वटामा वडामा मतगणना सकियो, प्रमुखमा कांग्रेसका रानालाई स्पष्ट अग्रता

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) १००६ पाठक संख्या

बौंदीकाली – शुक्रबार सम्पन्न मतदानपछि देशका अधिकांश स्थानीय तहमा मतगणना हुँदै गर्दा कतिपय नतिजाहरु सार्वजनिक भएका छन् ।

नवलपुरको बौंदीकाली गाउँपालिकाका तीन वडामा मतगणना सम्पन्न भइसकेको छ । अहिलेसम्म घोषित परिणामअनुसार बौंदीकालीको ६, ५ र ४ वडामा मतगणना सम्पन्न भइसकेको छ । यी तीन मध्ये ६ र ४ वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने ५ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

वडामा नं. ६ मा नेपाली कांग्रेसका खुम बहादुर सारूले -७२१ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्ण थापा मगरले ६२१ मत ल्याएका छन् ।

त्यस्तै वडा नं. ५ मा नेकपा एमालेका खिम बहादुर थापा खरू मगर -४६२ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका  ओम बहादुर अस्लामी -३७५ मतका साथ पराजित भएका छन् ।

वडामा नं. ४ मा नेपाली कांग्रेसका मनबहादुर सारूले ८६८ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी माेहनबहादुर सारूले ३८६ मत ल्याएका छन् । विजयी सारू यसअघिका पनि वडाध्यक्ष थिए । यी तीनवटै वडामा प्यानलसहित जित हात पारेका हुन् ।

यी ३ वडामध्ये वडा नं. ६ नरममा २०७४ मा एमालेले जित हात पारेको थियो ।

तीन वडा वडामा सम्पन्न मतगणनाअनुसार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केबी रानाले स्पष्ट मतसहित अग्रता लिइरहेका छन् । अहिलेसम्म रानाले २ हजार १२ मत ल्याएका छन् भने नेकपा एमालेका प्रकाश ओझाले १४२७ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकी धनकान्ती घिमिरेले १९०७ मत ल्याएकी छिन् भने नेकपा एमालेकी डिलकुमारी सारुले १५३२ मत ल्याएकी छिन् । अब केही बेरमा वडा नं. ३ रकुवाको मतगणना सुरु हुने जनाइएको छ ।

अब वडा नं. ३, २ र १ को मत गन्न बाँकी रहेको अवस्था छ । यी तीन वडामा क्रमशः ११८०, १९३२ र ११०६ गरी जम्मा ४२१८ मत गन्न बाँकी रहेको छ । गत स्थानीय निर्वाचनमा यी तीन वडा मध्ये ३ र १ मा नेपाली कांग्रेसले जित हात पारेको थियो भने वडा नं. २ मा नेकपा एमालेले जित हात पारेको थियो ।

बाैंदीकाली गाउँपालिकाको वडा नं. ४ नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार केबी रानाको गृहवडा हो भने वडा नं. २ डेढगाउँ एमाले उम्मेदवार प्रकाश ओझाको गृहवडा हो । रानाले वडा नं. ४ मा खसेको जम्मा मत १३१० मध्ये ९११ मत ल्याएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस