२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अहिलेसम्म ५ वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) ४४३७ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वुलिङटार गाउँपालिकाको दुइ वटा वडामा नेपाली काग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा नेपाली कांग्रेसबाट दिल बहादुर सुर्यवंशिको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार खेम बहादुर विश्वामगर १ सय ७२ मतान्तरले पराजित भएका छन । त्यस्तै वडा नम्बर २ को डाडाझेरीमा पनि नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ ।

अहिलेसम्म जिल्लामा पाच वटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६, बौदिकाली वडा नम्बर ६ र गैडाकोट नगरपालिका वडा नम्बर १८ मा विजयी भएका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%३३%७%१%११%५%

प्रतिक्रिया दिनुहोस