काठमाडौं । काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटालिएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका ६ स्थित कात्तिके देउराली मत्तदान केन्द्रमा एमाले र गठबन्धनबीच चर्किएको विवादका कारण झडप भएको हो । झडपपछि मतपेटिका फुटाइयोएमाले नेतृ नविना लामाले बताएकी छन् ।
उनका अनुसार कातिके देउराली बडा नम्बर ६ मा गठबन्धनले मत पेटिका फुटाएको दाबी गरेकी छन् । यो मतदान स्थलनमा एमाले र गठबन्धनबीच भएको विवादका कारण मतपेटिका फुटाउने काम भएको छ । दुईपक्षिय विवादमा एक जना घाइतेभएका छन् ।