२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

समृद्ध मध्यविन्दु नगर निर्माणमा प्रतिवद्ध छुः गुरुङ

२०७९ बैशाख २२, बिहिबार प्रकाशित ( साल अघि) ९३० पाठक संख्या

मध्यविन्दु । स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।

नेपाली कांग्रेसबाट मध्यविन्दु नगरपालिका प्रमुखमा उम्मेदवार रहनुभएका सुर्य गुरुङ र उपप्रमुख टिका महतो घरदैलो मार्फत मतदाता संग मत माग्नमा व्यस्त हुनुन्छ ।

कार्यक्रममा नेपालकै मध्यभागमा रहेको मध्यविन्दु नगरलाई नमुना नगर बनाउन नेपाली कांग्रेसको समुहलाई मतदान गर्न आग्रह गर्दै मतदाताको सुझाव समेत संकलन गर्नुभएको छ ।

आज वडा नम्बर ५ र ६ मा कार्यकर्ता सहित प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरी कोण सभा गर्नुभएको छ । कोण सभालाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार सुर्य गुरुङले मध्यविन्दु नगरलाई नमुना नगर बनाउन र जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । मध्यविन्दु नगर क्षेत्रका नागरिकहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र सुकुम्बासी समस्यालाई समाधान गर्नु प्रमुख योजना रहेको भन्दै चुनावमा आफ्नो समुहलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुख पदका उम्मेदवार टिका महतोले चुनावमा आफ्नो समुहलाई सहयोग गर्न आग्रह गर्दै चुनाव पछिका पाच वर्ष आवश्यकता र जनताको चाहना अनुसारको विकास निर्माण देखि लिएर समृद्ध नगर बनाउन लागि पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस