२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

सबैभन्दा ठूलो दल बन्नकै लागि चुनावी तालमेल : विश्वप्रकाश शर्मा

२०७९ बैशाख २२, बिहिबार प्रकाशित ( साल अघि) १००६ पाठक संख्या

२२ वैशाख, नवलपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचन पछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

पहिलो दल बन्नकै लागि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेको भन्दै उनले अबको निर्वाचनबाट कांग्रेस सबै भन्दा ठूलो दल बन्ने दाबी गरे । तालमेलबाट शक्ति सञ्चय गर्ने र तिनै तहको निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाले बिहीबार आयोजना गरेको अगुवा कार्यकता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले तालमेलका विषयमा निराश नभई ऊर्जाका साथ चुनावी अभियानमा लाग्न आग्रह पनि गरे ।

२०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा एमालेले सरकार चलाउने जिम्मेवारी पाएपनि पूरा गर्न नसकेको स्मरण गराउँदै शर्माले भने, ‘कांग्रेस चाहेर होइन बाध्यताले सरकारमा गएको हो । पटक पटक संसदविघटन भयो, कांग्रेसलाई ल्याएर सरकार सुम्पेपछि हामी बाध्य भएका हौ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस