२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस विनयी त्रिवेणीद्वारा घरदैलो कार्यक्रमलाई तिव्रता

२०७९ बैशाख २१, बुधबार प्रकाशित ( साल अघि) १२८२ पाठक संख्या

चोरमारा । आगामी बैशाखमा सम्पन्नहुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि नेपाली कांग्रेस विनयी त्रिवेणीले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

आफ्नो दलले गरेको जनहितकारि कार्य र भावी रणनीतिका बारेमा जनता सामु शुसुचित गराउन नेपाली कांग्रेस विनयीले घरदैलो अभियानलाई तिव्रता दिएको विनयी त्रिवेणी गाउँपालीकाको अध्यक्षमा उम्मेदवार दिएका डम्मर बहादुर जिसिले जानकारी दिनुभयो ।

Received_525044062396221

जिसिका अनुसार गाउँपालिका अन्तरगत ७ वटै वडाका बस्तिहरूमा आफ्ना दलले गर्ने कामको स्पष्ट खाका सहित नेता तथा कार्यकर्ताहरू घरदैलोमा पुगेर मतदाता सामु भेटघाट कार्यलाई तिव्रता दिएका हुन ।

जनताको सुझावलाइनै आत्मसाथ गरि अगाडि बढ्ने कांग्रेस दल भएकाले विगतका कामको कमिकमजोरी एवं थप सुधारका लागि सुझाव समेत लिइरहेको जनाइएको छ ।

Received_785781052407766

जिसिले सर्वसाधारण जनताहरुको इच्छा , चाहना र यस अघि गाउँ पालिकाको जिम्मेवारी सम्हालेको बेला समय र परिस्थितिका कारण अधुरा रहेका काम तथा बनिसकेका योजनाहरु पूरा गरि विकासका थप योजनाहरु ल्याई गाउँमा सुशासन कायम राख्ने उदेश्यले फेरी दोस्रो पटक अध्यक्षको पदमा उमेदवारी दिएको बताउनुभयो ।

Received_1145611972940008

अध्यक्ष पदका उम्मेदवार डम्मर बहादुर जिसि र उपाध्यक्ष कला भुजेल र कार्यकर्ता सहित घरदैलो अभियानलाई तिव्रता दिदै आज वडा नं २ मा चुनावी सभा सम्पन्न् भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस