२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नेपाल कम्युनिस्ट पार्टी मध्यविन्दुले प्रतिबद्धता पत्र सार्वजनिक

२०७९ बैशाख २१, बुधबार प्रकाशित ( साल अघि) ५८४ पाठक संख्या

कावसोती । नेपाल कम्युनिस्ट पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले मङ्गलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।

घोषणा पत्र सार्वजनिक गर्दै ज्ञवालीले मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको नेतृत्व स्थापित गर्न आआफ्नो स्थानबाट परिचालित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

विश्वराजनितिमा नै फरक परिदृष्यको रुपमा प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन गरेको भन्दै सत्तागठबन्धन नेकपा एमालेसंगको पराजित मनस्थितिको उपज भएको टिप्पणी गर्नुभयो ।देशभर नेकपा एमालेको पक्षमा जनलहर सृजना भएको बताउदै ज्ञवालीलेयस पटकको स्थानीय तह निर्वाचनमा एमाले पुनः पहिलो पार्टीको रुपमा स्थापित हुने दावी व्यक्त गर्नुभयो । केपी शर्मा ओलि नेतृत्वको सरकारको समयमा भएका बिकास निर्माण र समृद्धि आम जनताले महसुस गरिरहेको भन्दै स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मधेष प्रदेश सहित देशभर आम सर्वसाधारण देखि दलका उच्च तहका व्यक्तिहरु समेत एमालेमा प्रवेश गर्ने लहर शुरु भएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको गर्विलो इतिहासलाई जोगाउन शेर बहादुर देउवाले प्रचण्ड र माधव नेपालको टेको टेक्ने दिन आएको टिप्पणी गर्नुभयो । १० वर्षे जनयुद्धको जगमा स्थापित माओवादी आन्दोलन र पार्टीलाई प्रचण्डले परिवारवाद र एक थान छोरीको लागि विघटनको अवस्थामा पुञ्याएको आरोप समेत लगाउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस