२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोती गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

२०७९ बैशाख २१, बुधबार प्रकाशित ( साल अघि) ९२८ पाठक संख्या

कावासोती । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन कावासोतीले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

कावासोतीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि गठबन्धनको सरकार स्थापित भए पुरा गर्ने योजना तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । जिल्ला तहका नेताहरूको उपस्थितमा सार्वजनिक गरिएको प्रतिवद्धताको मूल लक्ष्य ‘गठबन्धनको नेतृत्व शान्ति र संविधान कावासोती नगरमा समृद्धिको अभियान’ रहेको जनाइएको छ ।

नगरप्रमुख महेन्द्र पोख्रेल र उपप्रमुख पतिराम थनेतलाई अगाडि बढाएको गठबन्धनले आफ्ना उम्मेदवारले जित प्रतिबद्धतामा भनिए अनुसार काम गर्ने बताएको छ । सामन्ति, निरकुश, एकात्मक र केन्दि«कृत राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आफुहरु प्रतिबद्ध रहेको गठबन्धनले जनाएको छ ।

नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेका संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, शुसासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न कानुनी राज्यको लोकतान्त्रीक मुल्यमान्यतामा आधारित समाजबाद प्रति उन्मुख रही राष्ट्र निर्माण गर्न गठबन्धनका उम्मेदवारहरुका पक्षमा मतदान गरी समृद्ध कावासोती निर्माणमा गोलबद्ध हुन आग्रह गरिएको छ ।

प्राविधिक शिक्षामा जोड दिँदै गुणस्तरीय शिक्षा, रोजगारी सिर्जनाका लागि कृषि र पर्यटनमा लगानी, आधारभुत स्वास्थ्यमा हरेक नागरिकको पहुँच, नगर अस्पताल सञ्चालन, मध्यविन्दु जिल्ला अस्पताललाई मेडिकल कलेजमा परिणत, युवाहरूलाई सिप र उद्यमशिलता मार्फत रोजगार सिर्जना गर्ने योजना गठबन्धनले अगाडि सारेको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक पश्चात बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसिले आफू लगायतको टिमले जित पश्चात समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यतm गनुभयो । उहाँले गठबन्धनको सरकारले एक अर्कालाइ पैचो मागेकाले समग्र विकासका लागि साधारण तरिकाबाट लिने र गठबन्धनलाइ विजयी बनाउन लाग्नु पर्ने बताउनु भयो ।

उहाँले गठबन्धनका उम्मेदवारले घोषणा गरिएका प्रतिबद्धता अनुसार काम गर्नेमा सबैमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले कावासोती मात्रै नभई देश भरि उम्मेदवार बनेका प्रतिनिधिले जित पछि विकास , शुसासनलाई र समृद्धिका लागि काम गर्ने बताउनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस