२०८३ जेष्ठ ६, बुधबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणीमा जि सि घरदैलो अभियान

२०७९ बैशाख २०, मंगलबार प्रकाशित ( साल अघि) २४८२ पाठक संख्या

नेपाली कांग्रेसको विनयी त्रिवेणी गाउँपालीकाको अध्यक्षमा पुन उम्मेदवारी दिएका डम्मर वहादुर जिसिले समृद्ध विनयी त्रिवेणी बनाउन पहिले अधुरा रहेका विकास निर्माणका काम अव पुरा गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा आउनु भएको छ ।

अध्यक्ष पदका उम्मेदवार डम्मर वहादुर जिसि र उपाध्यक्ष कला भुजेल र कार्यकर्ता सहित घरदैलो अभियानलाई तिव्रता दिदै आज वडा नं ५ मा चुनावी सभा सम्पन्न् गरेका छन् ।

यस समुहले विहान देखि नै वडानं ५तिनडुमहि, चिडिया,वारविसिया,खाम्चा,खुम्बाराहि गैरीचोक लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
जन्ताको सुझावहरु ग्रहण गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएका अध्यक्ष पदका उम्मेदवार जि सि ले अव गुनासो नआउने गरि काम गर्छु भन्दै घरदैलोमा मत माग्दै आफ्नो समुहलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।
भोलि अरुडखोला मा घरदैलो कार्यक्रम गर्ने जि सि ले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस