२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

थापाको योजना– देख्ने, सुन्ने, भन्ने र काम गर्ने वडा बनाउछु 

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) १६५१ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु वडा नम्बर ५ का वडाध्यक्षका आकांक्षी जितु थापा मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन्। गत सोमबार मनोनयन दर्ता गराएका थापाले नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाएका छन् ।

मध्यविन्दुको मेयरमा उनले आफनै दलका सुर्य गुरुङलाई मेयरमा र उपमेयरमा टीका कुमारी महतोलाई सघाउँदैछन । निर्वाचन आउन ११ दिन बाँकी रहँदा थापाको व्यस्तता पनि उत्तिकै देखिन्थ्यो । मध्यविन्दु ५ स्थित बाखोर मार्गका विभिन्न टोलमा थापा आफ्ना वडासदस्यका उम्मेदवारसँग घरघर पुग्दै थिए ।

Received_401988648179300

उनले मत माग्ने शैली बेग्लै थियो । घरमा पुग्ने, सबैलाई भेट्ने अनि आशीर्वाद लिने । दुःखसुख सोध्ने, वडाबाट तपाईंलाई के अपेक्षा छ भनेर सोध्थे । मतदाताले सोध्नुपूर्वै उनले वडामा देखिएका समस्या सुनाउँथे । र, त्यही समस्या समाधान गर्न आफू वडाध्यक्ष बन्न लागेको बताउँथे ।

FB_IMG_1651500454734

“वडामा तपाइले भोगेका र मैले भोगेका समस्या एउटै हुन, म तिनै समस्या समाधान गर्न हजुरहरुको वडाध्यक्ष बन्न चाहेको छु, मलाई आशिर्वाद दिनुहोस् ।” थापाको वाक्यमा मतदाता भन्थे, “आशीर्वाद छ, तर प्रतिबद्धता पूरा होस नि ।” घरदैलोकै क्रममा उनले आफ्नो राजनीतिक सक्रियता सुनाए ।

वडालाई जनताको देख्ने, सुन्ने, भन्ने र गर्ने गराउँछु भनेर अठोटमा निस्किएका थापा १३ वर्षको उमेरदेखि नेविसंघ देखि तरुण दल हुँदै अहिलेसम्म क्रियाशील छन् ।

वडाअध्यक्ष उमेदवार जितु थापा सङै वडा सदस्यमा सतिश राई  , कमल गिरि, रुपा तिवारि  र सीता परियारले एकैसाथ उमेदवार दिएका छन् ।

FB_IMG_1651500464007

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%६%१%१%

प्रतिक्रिया दिनुहोस