२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कांग्रेसको घरदैलो, जनमत बटुल्दै उम्मेदवारहरु

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) १२२८ पाठक संख्या

चोरमारा ।  नेपाली कांग्रेस मध्यविन्दुले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ  । मध्यविन्दु नगरपालिका – २ मा रेशम थापाको अध्यक्षतामा चुनावमा होमिदै गर्दा यसपाली निकै नै उत्साह देखिन्छ ।

मध्यविन्दु वडा नं २ को कोल्हुवाबाट घरदैलो सुरु भएको छ।घरदैलोमा मध्यविन्दुका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थितिले नगर आफ्नो पक्षमा ल्याउनेमा नेपाली कांग्रेसले विश्वस्त देखिन्छ ।

घरदैलो कार्यक्रममा उम्मेदवारहरुले जनताको घर घरमा गएर चुनावी प्रतिबद्धताहरु व्यक्त गरेका छन् । मध्यविन्दुका नेता कार्यकर्ताहरुले जनताको घरदैलो मै पुगेर नाचगान गर्दै भोटको लागि अपिल समेत गरेका छन् । चुनाब प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई अझै ससक्त बनाउदै लैजाने तयारी गरेको छ ।

त्यसतै मध्यविन्दु २ बाट वडाअध्यक्ष पदमा उम्मेदवारी नारायण पौडेल , वडा सदस्यमा जामुन राम महतो , तिलक राम थनेत , अन्जना महतो र नरर्बदा परियारले एकैसाथ मनोनयन दर्ता गराएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस