२०८३ बैशाख २२, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीलाई देशकै उत्कृष्ट शहर बनाउन योजना छ : पोख्रेल

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) १५०० पाठक संख्या

कावासोती । नेपाली काँग्रेसको तर्फबाट कावासोती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका महेन्द्र प्रसाद पोख्रेलले कावासोतीलाई देशकै उत्कृष्ट  शहर बनाउन योजना रहेको बताएका छन।

 

उनले देशकै मध्यभागमा रहेको कावासोतीको चौतर्फी विकास गरेर यसलाई देशकै नमुना शहर बनाउने गरि आफ्नो टिमले काम गर्ने बताए । चुनावी प्रचारका क्रममा कावासोतीका १६ नम्बर वडा पुगेका उनले भने,“ कावासोती लाई सम्बृद्ध बनाउने हो , ईच्छाशक्ती भए यसलाई बनाउन सकिन्छ ।

 

” उनले ठुला ठुला सपना देखाएर जनतालाइृ भम्रमा राख्नु भन्दा जे गर्न सकिन्छ त्यो भनेर आफु अघि बढ्ने बताए । “ कावासोतीलाई हेर्न लायक शहर बनाउनका लागि मुख्य कुरा योजना र ईच्छाशक्ती चाहिन्छ , त्यो हामी संग छ , हामी बनाएरै देखाउँछौं । ” पोख्रेलले भने ।

 

पोखरेलले कावासोतीमा पर्यटकीय संभावना प्रचुर मात्रामा रहेकाले पर्यटन विकासमा बिषेष जोड दिने बताए ।“देशका हरेक जिल्लाका मान्छेलाई कावासोती घुम्न जानुपर्छ भन्ने बनाउने गरि काम गछौं , कावासोतीलाइृे नमुना शहर बनाउन कुनै कसर बाँकी राख्दैनौ । ” पोखरेलले भने । पोख्रेल सहित गठबन्धनले आईतबारबाट आफ्नो चुनावी घरदैलो सुरु गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस