२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

२०७९ बैशाख १८, आईतबार प्रकाशित ( साल अघि) ८२८ पाठक संख्या

चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । बाघको आक्रमणबाट खैरहनीनगरपालिका वडा नम्बर १३ बस्ने ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको हो ।

जिल्लाप्रहरी कार्यलय चितवनकाअनुसार कुमरोज मध्यवर्ती सामुदायिकवनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको थियो । घटनाको खबर पाउना साथ नेपालप्रहरी,राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्ती सहितको टोलीले जंगलभित्रखोजतलास गरेको थियो ।

मृतकदाहालको शव बाघले आक्रमण गरेको स्थानभन्दा एक किलोमिटर भित्रबिहान १० बजे घाँटिमा चोटलागेको र दाहिने खुट्टाको तिघ्रा खाएको अवस्थामा फेला परेको चितवनप्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस